Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

सुन्दरहरैंचामा स्कुटर चालक महिलाको टिपर दुर्घटनामा निधन

  •   २ वर्ष अघि | ९ कार्तिक २०८१, शुक्रबार

मोरङ, सुन्दरहरैंचा – मोरङको सुन्दरहरैंचामा बिहीबार दिउँसो स्कुटर दुर्घटनामा ४३ वर्षीया भीमा राईको मृत्यु भएको छ। धनकुटा, खोकु घर भएकी र सुनसरीको धरान उपमहानगरपालिका–१५ मा बसोबास गर्ने भीमा राईलाई को १ क ३४१७ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटना किस्ती पुलमा दिउँसो करिब ३:४० बजे भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै गम्भीर घाइते भएकी राईलाई विराटनगरस्थित कोशी अस्पताल पुर्याए पनि चिकित्सकले ४:३० बजे मृत घोषणा गरेका थिए। मृतक राई को २८ प ६१३२ नम्बरको स्कुटरमा सवार थिइन्। प्रहरीका अनुसार राईले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आएको मे १ ख २७९१ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भई सडकमा लडेकी थिइन्। त्यसपछि पछाडिबाट आएको बालुवाले भरिएको टिपरले उनको स्कुटरलाई किचेको बताइएको छ।

डीएसपी वेदप्रकाश जोशीले घटनाको सीसी क्यामेरा फुटेजबाट दुर्घटनामा बस पनि संलग्न रहेको पुष्टि भएको बताए। यसअघि टिपरले सीधै ठक्कर दिएको भनिए पनि फुटेजले स्कुटर, बस, र टिपर एकै दिशाबाट आएको देखाएको छ।

शवको पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। परिवारका सदस्यले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएसँगै, पोस्टमार्टम प्रक्रिया अघि बढाइएको डीएसपी जोशीले जानकारी दिए। घटनामा संलग्न टिपर चालक श्यामबाबु चौधरी र बस चालक नेत्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।


  • Jigyasa media

थप