Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

हनी ट्रयापमार्फत रकम असुल्ने काभ्रेका दुई सहित तीनजना पक्राउ

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

काठमाडौं, मंसिर १२ – हनी ट्रयापमा पारेर रकम असुल्ने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी, र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार यस समूहले मेडिकल जाँचको बहाना बनाएर व्यक्तिलाई हनी ट्रयापमा पार्दै रकम असुल्दै आएको थियो। भक्तपुरको ठिमीमा वर्षा दर्जीले घाउ ड्रेसिङ गर्ने निहुँमा अनलाइनबाट व्यक्तिसँग सम्पर्क गरी आफू एक्लै भएको समयमा कोठामा बोलाएकी थिइन्। त्यसपछि शारीरिक सम्पर्क भएको आरोप लगाउँदै ती व्यक्तिलाई बलात्कारको झुटो मुद्दा लगाउने धम्की दिँदै १८ लाख रुपैयाँ माग गरिएको थियो।

पीडितसँग ८ लाख रुपैयाँ दिने सहमति भएपछि यस समूहले सुरुवातमा २५ हजार रुपैयाँ नगद असुल्यो। पछि क्युआर कोडमार्फत थप २५ हजार पठाउन लगाएको थियो। त्यस्तै, ७५ हजार रुपैयाँको चेकसमेत पीडितलाई दिन बाध्य पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो समूहका एकजना सदस्य अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको अपिल

प्रहरीले यस्ता ठगीका घटनाबाट सतर्क रहन सबैलाई आग्रह गर्दै, कुनै पनि अनजान व्यक्तिको प्रस्ताव वा बहानामा शंकास्पद क्रियाकलाप गर्न नपर्न सचेत गराएको छ।



  • Jigyasa media

थप