Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

हाइटीमा गिरोहको आक्रमण, ७० भन्दा बढीको मृत्यु

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

१९ असोज, काठमाडौं – संयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा भएको हिंसात्मक घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ, जहाँ एक गिरोहको आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएको छ। महिलाहरू र बालबालिकासहितको यो नरसंहारले हाइटीको अवस्था झन् जटिल बनेको छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार हाइटीको पोन्ट सोन्डे सहरमा बिहीबार भएको गिरोहको आक्रमणमा करिब १६ जना गम्भीर घाइते भएका छन्। आक्रमणकारीहरूले दर्जनौँ घर र सवारीसाधनमा आगजनी गरेको बताइएको छ। यो घटनामा आक्रमणकारीहरूले स्वचालित राइफलहरू प्रयोग गरेका थिए, जसले ७० जनाको ज्यान लिएको छ, जसमध्ये १० महिला र तीन शिशुहरू थिए।

हाइटीको सुरक्षा र स्वास्थ्य प्रणाली कमजोर भएको यस अराजक अवस्थामा राजधानी पोर्ट–ओ–प्रिन्स पनि विभिन्न गिरोहहरूको नियन्त्रणमा रहेको छ। गिरोहबीचको विवादले जनताको दैनिक जीवन अस्तव्यस्त बनाएको छ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता थामिन अल–खितानले आक्रमणको कडा आलोचना गर्दै, यस घटनामा संलग्नलाई छिटो कारबाही गर्न र पीडित परिवारहरूलाई उचित राहत उपलब्ध गराउन सरकारलाई आह्वान गरेका छन्।

यो घटनापछि हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ, जसले देशमा झनै अस्थिरता थपेको छ।


  • RSS

थप