Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

सुनको नयाँ कीर्तिमान: तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ उचाइ हासिल गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ थियो। त्यसै आधारमा बुधबारको मूल्य अघिल्लो दिनको तुलनामा ७०० रुपैयाँले बढेको हो। प्रति १० ग्राम छापावाल सुनको मूल्य भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँमा कायम भएको छ।

चाँदीको मूल्य पनि बढेर नयाँ स्तरमा पुगेको छ। मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ रहेको चाँदी बुधबार ४० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।


  • Jigyasa media

थप