Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

काठमाडौँमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

  •   २ वर्ष अघि | ३० मंसिर २०८१, आइतवार

३० मंसिर, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बागमती नदी किनारमा शनिबार पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी ३८ वर्षीया कमला आचार्यको आज मृत्यु भएको छ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई काठमाडौँको बौद्ध नारायणटार बस्दै आएकी आचार्यले शनिबार दिउँसो १२ बजे किरातचोक नजिक आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी उनलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो। तर, गम्भीर घाउका कारण आज उनको मृत्यु भएको हो।

मृतकको शव हाल पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ। घटना किन र कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सतर्कता

आत्महत्याका घटनाहरूको न्यूनीकरणका लागि मानसिक स्वास्थ्यमा ध्यान दिन र पीडितलाई समयमै सहयोग पुर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।

यदि तपाईं वा तपाईंका आफन्तहरूलाई सहयोग आवश्यक छ भने, मानसिक स्वास्थ्य विशेषज्ञ वा सहयोगका लागि उपलब्ध हटलाइन सेवासँग सम्पर्क गर्नुहोस्।


  • Jigyasa media

थप