काठमाडौं । ललितपुरमा एक महिलाको हत्या अभियोगमा उनका श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति खोटाङको दिप्रुङचुङ गाउँपालिका-७ घर भई हाल ललितपुरको धापाखेलमा बस्दै आएका ३३ वर्षीय भक्तिराज राई हुन्।
भदौ १२ गते ललितपुर महानगरपालिका-२४, धापाखेलस्थित आफ्नै कोठामा ३५ वर्षीया शशीकला राई मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानपछि प्रहरीले उक्त घटनामा श्रीमान भक्तिराज राईको संलग्नता पुष्टि गर्दै उनलाई पक्राउ गरेको हो।
ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार यस घटनामा भक्तिराजको प्रत्यक्ष संलग्नता रहेको देखिएको छ। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media