गोरखा ।गोरखाको पालुङटार नगरपालिका–७ मा बुधबार राति २८ वर्षीया रश्मी कुमालको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार राति करिब १२ बजे अज्ञात व्यक्तिले उनको घाँटीमा गहिरो चोट पुर्याएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो।
कुमाललाई सुरुमा तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिए पनि गम्भीर अवस्थाका कारण उनलाई दमौली अस्पतालमा रिफर गरियो। तर, दमौली अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।
प्रहरीका अनुसार, घटनास्थल नजिकै साँस्कृतिक कार्यक्रम भइरहेको बेला घर फर्किदै गर्दा कुमालमाथि आक्रमण भएको हो। उनका श्रीमान् राजु कुमाल विदेशमा रहेका र घरमा ८ वर्षका छोरा मात्रै भएको जनाइएको छ।
प्रहरीले कुमालको मोबाइल बरामद गरी घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।
- Jigyasa media