बझाङ । बझाङ जिल्लाको तलकोट गाउँपालिकाको नजिकै ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्रका अनुसार धमेना र रूपातोला क्षेत्रको बीचमा केन्द्रविन्दु रहेको यो भूकम्प साँझको समयमा आएको हो।
भूकम्पको धक्का जिल्लाभर महसुस भएको स्थानीयले बताएका छन्। यद्यपि, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर प्राप्त भएको छैन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीका अनुसार यस घटनाबाट ठूलो क्षति नभएको प्रारम्भिक जानकारी आएको छ।
मापन स्केल: ४.३ रेक्टर स्केल
केन्द्रविन्दु: तलकोट गाउँपालिका, रूपातोला नजिकको क्षेत्र
छति विवरण: हालसम्म कुनै क्षतिको रिपोर्ट छैन
भूकम्पले पुनः प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सल्लाह दिइएको छ।
- Jigyasa media