Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

धुलिखेल नगरपालिका: नेपालकै पहिलो 'स्वस्थ सहर', जित्यो ५ हजार डलर

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

काभ्रे ।

काभ्रे जिल्लाको धुलिखेल नगरपालिका नेपालको पहिलो 'स्वस्थ सहर'को रूपमा मान्यता पाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा मापदण्ड पूरा गर्दै 'स्वस्थ सहर'को सूचकांकमा दोस्रो स्तर प्राप्त गरेपछि धुलिखेललाई यो विशेष उपाधि प्रदान गरिएको हो। यस उपलब्धिसँगै धुलिखेल नगरपालिकाले ५ हजार अमेरिकी डलरको पुरस्कार जित्न सफल भएको छ।

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले यो मान्यता प्राप्त गरेको जानकारी दिए। उनले भने, "नेपालमा पहिलोपटक धुलिखेल नगरपालिकाले यो उपाधि पाएको छ। यसका लागि विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पूरा गरेका छौं।"


धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको नीतिगत सुधार, वातावरणीय सुधार, गरिब जनताको स्वास्थ्य पहुँच, दीर्घरोग र सरुवा रोगहरूको व्यवस्थापन, सामुदायिक स्वास्थ्यमा सुधार तथा प्राथमिक स्वास्थ्य सेवामा स्थानीय सरकारको सक्रियतालाई ध्यानमा राखेर यो मान्यता प्रदान गरिएको हो।

मेयर श्रेष्ठले भने, "अब धुलिखेल नगरपालिका सर्ने-नसर्ने रोगहरूको व्यवस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासका कार्यक्रम तथा सहरी स्वास्थ्य सुशासनमा डब्लुएचओसँग मिलेर काम गर्नेछ।"

नगरपालिकाले अपांगता, स्वच्छ खानेपानी, वातावरणीय प्रभावको न्यूनीकरण, सामुदायिक स्वास्थ्य, र स्वास्थ्यमा डिजिटल अभिलेखको विकासजस्ता कार्यहरूमा उल्लेखनीय प्रगति गरेको थियो। यही कारणले धुलिखेल नगरपालिकाले यो प्रतिष्ठित मान्यता पाउन सफल भएको हो। 

यो उपलब्धिले धुलिखेल नगरपालिकाको अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्दै, भविष्यमा स्वास्थ्य क्षेत्रमा अझै प्रभावकारी सुधारका लागि मार्ग प्रशस्त गरेको छ।

  • Jigyasa media

थप