Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

धनकुटामा बस दुर्घटनामा २६ यात्रु घाइते

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

धनकुटा – कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडक खण्डको साँगुरीगढी गाउँपालिका-६ कोल्बोटेमा शनिबार दिउँसो भएको बस दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्। धरानबाट पाख्रिबासतर्फ गइरहेको को. १ ख २७५५ नम्बरको बस सवा २ बजे ५० मिटर तल खस्न लाग्दा रुखमा अड्किएको थियो। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी निरीक्षक रमेश प्रधानका अनुसार चार जनाको अवस्था गम्भीर छ।

घाइतेहरूको उपचार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकोछ।


  • Jigyasa media

थप