Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

लोकप्रिय समाजसेवी गिविना मगरकी आमाको सवारी दुर्घटनामा निधन

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

काठमाडौं । सामाजिक सञ्जालमा  समेत लोकप्रिय बनेकी समाजसेवी गिविना मगरकी ममतामयी आमाको सवारी दुर्घटनामा परी दुःखद निधन भएको छ। यो खबरले समाजमा गहिरो शोक छाएको छ।

गिविना मगर हालसालै मात्र वैवाहिक जीवनमा बाँधिएपछि सामाजिक सञ्जालमा खुसीका खबरहरू भाइरल भइरहेका थिए। तर, एक सातामै यस्तो हृदयविदारक घटना घट्नाले परिवार र शुभेच्छुकहरूमा स्तब्धता छाएको छ।

परिवारका अनुसार गिविनाकी आमा दुर्घटनामा गम्भीर घाइते भएपछि अस्पताल पुर्‍याइएकी थिइन्। तर, उपचारका क्रममा उहाँको ज्यान जोगाउन नसकिएको चिकित्सकहरूले पुष्टि गरेका छन्।

समाजसेवामा योगदान दिँदै धेरैको मन जित्न सफल गिविना मगरले आमालाई सधैं प्रेरणाको स्रोत मानेकी थिइन्। यो दुखद घटना प्रति धेरैले सामाजिक सञ्जालमार्फत गहिरो शोक व्यक्त गरेका छन्।

गिविना मगर र उनको परिवारलाई यो कठिन घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै, समाजले यस घटनालाई ठूलो क्षतिका रूपमा लिएको छ।


  • Jigyasa media

थप