Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

च्यासल पुलबाट बागमतीमा हामफालेकी युवतीको खोजी कार्य जारी

  •   २ वर्ष अघि | १७ भदौ २०८१, सोमवार

ललितपुर, १७ भदौ - ललितपुर महानगरपालिका–९ स्थित च्यासल पुलबाट बागमती नदीमा हामफालेकी एक युवतीको खोजी कार्य अहिलेसम्म जारी छ। 

आइतबार साँझ करिब ७ बजेतिर एक युवतीले बागमतीमा हामफालेको खबर प्राप्त भएपछि ललितपुर प्रहरीले तुरुन्तै खोजी कार्य सुरु गरेको थियो। घटनास्थल नजिकै अन्जली शर्मा नाम लेखिएको, रुकुम मुसिकोट ठेगाना भएको कागजात, एक झोला, र मोबाइल फेला परेको छ। 

प्रहरीका अनुसार, फेला परेको सामग्री हामफालेकी युवतीकै हो वा अन्य व्यक्तिको हो भन्ने कुरा यकिन हुन बाँकी छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले युवतीको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको बताएका छन्।

युवतीको खोजी कार्यमा सशस्त्र प्रहरीको नं. २१ गणबाट १३ जनाको टोली, इन्सपेक्टरको नेतृत्वमा परिचालन गरिएको छ। साथै, विपद् उद्धार गणबाट असईको कमाण्डमा ४ जना गोताखोरसहित ९ जनाको टोली पनि खोजी कार्यमा संलग्न छ। 

अहिलेसम्म युवतीको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त नभएको र खोजी कार्य निरन्तर रुपमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप