Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको चुम्बक फेला

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

चितवन - सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेला परेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको हो। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको छ। 


गत शनिबार, १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीमा खोजीकार्यका क्रममा बगाएर हराएको थियो।


गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो। 


बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भए भने ६२ जना बेपत्ता भएका थिए। हालसम्म २४ जनाको शव फेला परेको छ। तीमध्ये १८ जनाको पहिचान भई परिवारलाई बुझाइएको छ भने अन्य छ शवको पहिचान खुल्न सकेको छैन। अझै ३८ यात्रु र बस बेपत्ता अवस्थामा छन्।


हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए। उक्त टोलीले १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए। शनिबार, बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो। नेपाल आएको भारतीय टोली आइतबार नै फर्किसकेको छ। – रासस

  • RSS

थप