Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

चारदिने छठ पर्व सुरु, निष्ठा र भक्तिको अद्भुत पर्वको उल्लास

  •   २ वर्ष अघि | २० कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक २० – मिथिलाञ्चल र मधेसका विभिन्न जिल्लामा धुमधामका साथ मनाइने चारदिने छठ पर्व आजदेखि विधिपूर्वक सुरु भएको छ। महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत क्षेत्रमा भक्तजनहरूले पूर्ण निष्ठासहित पर्वको आरम्भ गरेका छन्।

चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिनलाई 'नहा खा' भनिन्छ। यस दिन व्रतालुले नुहाएर शुद्ध भोजन गरेर पर्वको संकल्प लिन्छन्। दोस्रो दिन 'खर्ना'को क्रममा व्रतीले निराहार उपवास बस्छन् र साँझ कूल देवताको पूजा गरी अनाज बिना पकाएको भोजन ग्रहण गर्ने चलन छ।

षष्ठीका दिन साँझ सूर्यलाई अस्ताउँदो अर्घ अर्पण गरिन्छ, जसका लागि गहुँ र चामलबाट बनाइएका पकवान, फलफूल, र विशेष परिकारसहित छठ घाटमा गई पूजा गरिन्छ। अन्तिम दिन शुक्रबार बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै यो पर्व सम्पन्न गरिन्छ।

महाभारत, सूर्य पुराण, र लोककथामा आधारित छठ पर्वले सत्य, अहिंसा र सहानुभूतिमा प्रेरित गर्ने मान्यता रहेको छ। विशेषगरी पौराणिक प्रसंगअनुसार, पत्नी अनुसुइयाले यो व्रत लिएकी थिइन्, जसले उनलाई स्थायी सौभाग्य प्रदानगर्यो।


  • Jigyasa media

थप