Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

सिन्धुलीमा चट्याङ लाग्दा महिलाको मृत्यु, दुई घाइते

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

सिन्धुली, भदौ ११, २०८१ - सिन्धुली जिल्लामा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना महिला घाइते भएका छन्। सोमबार हरिहरपुरगढी गाउँपालिका-३ माढीमा चट्याङ लाग्दा हरिहरपुरगढी गाउँपालिका-१ शिखर घर भएकी ४० वर्षीया छलिमाया थिङको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लाका अनुसार छलिमाया थिङ खेतमा धान गोड्ने क्रममा चट्याङ लागेको थियो। 

चट्याङ लागेर घाइते हुनेमा ४० वर्षीया लुकुमाया रुम्बा र उनकी १८ वर्षीया छोरी सुशीला रुम्बा रहेका छन्। घाइतेहरूलाई उपचारका लागि मकवानपुर जिल्लास्थित लामा पोलिक्लिनिकमा लगिएको छ। घाइतेहरूमा शरीर दुख्ने, कान नसुन्ने समस्या रहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप