सप्तरी ।
सप्तरीको कञ्चनरुप नगरपालिका, बरमझियामा आज बिहान भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस बिहान करिब ७ बजे दुर्घटना हुँदा २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा २६ जना घाइते भएका छन्, जसमध्ये ८ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ। दुर्घटना बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा भएको जनाइएको छ। बस र मोटरसाइकल दुवै सडकमै पल्टिएका थिए, जसलाई डोजरको सहायताले उठाइएको छ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।
- Jigyasa media