Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

बिपी राजमार्ग: काभ्रेतर्फ अस्थायी सडक निर्माणको काम तीव्र

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौं – बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा रोशी खोलाले बगाएको दुई सय मिटर सडक अस्थायी रूपमा पुनः सञ्चालनका लागि निर्माणको काम तीव्र रूपमा भइरहेको छ। बाढीले सडक बगाएपछि अवरुद्ध भएको उक्त स्थानमा जनशक्ति र उपकरण परिचालन गर्दै सडक डिभिजन कार्यालय भक्तपुरले अस्थायी सडक निर्माण कार्य अघि बढाएको छ।

सडक डिभिजन प्रमुख सुमन योगेशका अनुसार, खोलाको बहावलाई समायोजन गर्दै सडक बगेकै स्थानमा अस्थायी यातायात सञ्चालन गर्ने योजना बनाइएको छ। "हामीले हिजोदेखि नै काम थालिसकेका छौँ, र अब दुई दिनभित्र एकतर्फी यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक तयार हुनेछ," उनले बताए।

रोशी खोलाको बाढीले साविक सडकभन्दा २० देखि ५० मिटर उचाइमा कटान गरेकाले मर्मत कार्य चुनौतीपूर्ण बनेको छ। पानीको बहाव घट्दैन भने ‘क्रस–डाइभर्ट’ विधि प्रयोग गरेर सडक बनाउन सकिने अवस्था छैन, तर अस्थायी समाधानको लागि प्रयास जारी छ।

अविरल वर्षाका कारण शनिबार सडक सम्पर्क टुटेपछि स्थानीय बासिन्दा र यात्रुहरू अलपत्र परेका थिए। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। अहिले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको सडक मर्मत कार्य पनि जारी छ। यस क्षेत्रको २९ किमी सडक खण्डमध्ये बाढीले करिब दुई किलोमिटर सडक पूर्ण रूपमा बगाएको अनुमान गरिएको छ।

सडक डिभिजनले चार वटा स्काभेटर र पाँचवटा डोजर सहितका उपकरण परिचालन गर्दै अस्थायी सडक सञ्चालनमा ल्याउने योजना बनाएको छ। बिपी राजमार्गको मर्मतमा ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ, जसमा करिब दुई अर्ब रुपैयाँ खर्च हुने बताइएको छ।

जाइकाको सहयोगमा निर्माण भएको बिपी राजमार्ग सन् २००९ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।


  • Jigyasa media

थप