नुवाकोट, असोज २९– नुवाकोटको शिवपुरी खोलामा पौडी खेल्ने क्रममा ९ वर्षीय सिशान तामाङ बेपत्ता भएका छन्। उनी टीका लगाउन शिवपुरी गाउँपालिका-८ सिम्लेमा आएका थिए। घटनास्थलमा तत्काल उद्धारका लागि स्थानीयवासी, आफन्त र प्रहरी परिचालन गरिएको छ, तर हालसम्म बालकलाई फेला पार्न नसकिएको नुवाकोट प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए।
बेपत्ता सिशान तामाङ काठमाडौंको नागार्जुन नगरपालिका-८ भिमढुंगाका दिनेश तामाङ र अप्सरा तामाङका छोरा हुन्। घटना भएको क्षेत्रका स्थानीयवासीहरू र प्रहरी उद्धारको लागि निरन्तर प्रयासरत छन्।
बालकलाई खोज्न खोलाको आसपासका क्षेत्रहरूमा पनि खोजी अभियान जारी रहेको छ।
- Jigyasa media