मोरङ, लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका–३ त्रिशूली चोकमा बिहीबार दिउँसो बेहोस अवस्थामा फेला परेकी ४५ वर्षीया इन्द्रकमला राईको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, इन्द्रकमला आफ्नो घरदेखि ५ सय मिटर पश्चिमतर्फ रहेको बाँसघारीनजिकै बेहोस अवस्थामा भेटिएकी थिइन्। खेतमा काम गर्न गएकी भनिएकी उनी, दिउँसो १२ बजेतिर अचेत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, लेटाङ लगिँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान सुरु गरिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। मृत्युको कारण भने हालसम्म खुलेको छैन।
- Jigyasa media