Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

बढी भाडा असुल्ने १७ जना नियन्त्रणमा, ट्राफिक प्रहरीको कडाई

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

काठमाण्डौ ।

काठमाडौँका विभिन्न स्थानमा यात्रुसँग बढी भाडा असुल्ने क्रम बढेपछि ट्राफिक प्रहरीले आज १७ जनालाई नियन्त्रणमा लिएको छ। बल्खुबाट ८ जना, नयाँ बसपार्कबाट ६ जना, र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई पक्राउ गरिएको हो।

यसअघि हिजो पनि बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना, र कोटेश्वरबाट २ जना गरी १४ जनालाई नियन्त्रणमा लिइएको थियो। पक्राउ परेकाहरूमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार चेकजाँचका क्रममा निजी नम्बर प्लेट भएका दुई सवारी साधनले नियम विपरीत भाडामा यात्रु बोकिरहेको अवस्थामा पक्राउ गरिएको छ।

चाडपर्वका समयमा यात्रुलाई पर्ने समस्यालाई समाधान गर्न ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा १४ स्थानमा सहायता कक्ष स्थापना गरेको छ। चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना-२०८१ को प्रभावकारी कार्यान्वयन गर्दै, जनशक्ति परिचालन गरिएको छ।

प्रवक्ता कार्कीका अनुसार बढी भाडा असुल्ने, सवारी साधनमा २ चालक नराख्ने, भाडादर टाँस्न नमान्ने, फर्जी टिकट काट्ने जस्ता गतिविधिमा कडाई गरिएको छ। केही दिनअघि नयाँ बसपार्कबाट नक्कली टिकटसहित एक जना पक्राउ परेका थिए।

यदि यात्राका क्रममा कुनै पनि समस्या देखिएमा, बढी भाडा असुलिएको वा कुनै हैरानी भएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ वा प्रहरी हटलाइन १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।


  • Jigyasa media

थप