Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४६, अझै १८ जना बेपत्ता

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

काठमाडौं – असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण देशभरि बाढी र पहिरोले विनाश मच्चाएको छ, जसमा मृत्यु हुनेको संख्या २४६ पुगेको छ। गृह मन्त्रालयका अनुसार, अझै १८ जना बेपत्ता रहेका छन् भने १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ।

मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार, बाढी र पहिरोमा परेर एक सय ७८ जना घाइते भएका छन्। बागमती प्रदेशमा सबैभन्दा ठूलो क्षति भएको छ, जहाँ १३९ जनाले ज्यान गुमाएका छन्। यसमा पनि काठमाडौं उपत्यका नै प्रमुख रूपमा प्रभावित बनेको छ।

सरकारले १७६ प्रभावित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ अनुसार राहत रकम उपलब्ध गराएको छ भने राहत वितरण प्रक्रिया निरन्तर जारी छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिहरूको मागअनुसार केन्द्रीय विपद् गोदामबाट राहत सामग्रीहरू उपलब्ध गराइएको छ।

सरकारले आपतकालीन राहत, पुनःनिर्माण, र पुनःस्थापनाका लागि गृहमन्त्रीसहितको टोलीद्वारा विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरेर राहत कार्यलाई गति दिने निर्देशन दिएको छ।

यस्तै, बाढीपहिरोले अवरुद्ध राजमार्गहरूको पुनः सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको छ। प्रभावित परिवारलाई नगद सहायता, खाद्यान्न र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम जिल्ला विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।


  • Jigyasa media

थप