७ असोज, रौतहट। रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुरस्थित पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
सोमबार बिहान जितिया पर्वको तयारीस्वरूप पोखरीमा नुहाउने क्रममा ४५ वर्षीया गिरीजा देवीको पोखरीमा डुबेर निधन भएको हो। मृतक गिरीजा देवी, प्रमोद साह कानुको श्रीमती, अन्य महिलासँगै गाँउको पोखरीमा नुहाउन गएकी थिइन्।
घटनापछि सशस्त्र प्रहरी बलको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरूले तुरुन्तै उद्धार गरे पनि उनलाई गम्भीर अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। तर, अस्पताल पुर्याउने क्रममा उनको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए।
जितिया पर्वको परम्पराअनुसार जलाशयमा नुहाउने क्रममा यस्तो दुःखद घटना घट्न पुगेको हो।
-
Jigyasanepal