काठमाडौं — नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। बुधबार उनले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका हुन्।
भर्खर सम्पन्न विधान सभा निर्वाचनमा एनसीपी-कांग्रेस गठबन्धनले बहुमत प्राप्त गरेपछि अब्दुल्ला मुख्यमन्त्री बनेका हुन्। ९० सदस्यीय विधान सभामा एनसीपीले ४२ सिट जितेको छ भने गठबन्धनका अर्का दल काँग्रेसले ६ सिट जितेको छ। यस गठबन्धनलाई कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आदमी पार्टी र केही स्वतन्त्र सांसदहरूको पनि समर्थन छ, जसले अब्दुल्लाको सरकारलाई स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएकोछ।
- Jigyasa media