Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

बझाङमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

धनगढी, कात्तिक १३ – बझाङको साइपाल गाउँपालिका-२ मा अरिङ्गालको टोकाइबाट ७ वर्षीय बालक असन धामीको ज्यान गएको छ। असनलाई आइतबार घरनजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो। गम्भीर घाइते उनलाई जिल्ला अस्पताल बझाङमा उपचारका लागि पुर्याइएको थियो तर, सोमबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस घटनामा अर्का ५ वर्षीय शितल धामी पनि अरिङ्गालको टोकाइबाट घाइते भएका थिए। उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्काइएको छ।

प्रहरीले यस्ता घटनाबाट सुरक्षित रहन र अरिङ्गालको सक्रिय स्थानबाट टाढा रहन स्थानीयलाई सचेत गराएको छ।


  • Jigyasa media

थप