दार्चुला - मालिकार्जुन धामको जात्राबाट फर्कंदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा संलग्न म १ ज ३३८ नम्बरको बोलेरो जीप ग्वानीको बजानी नजिक सिराड खोलामा खस्दा यो दुःखद दुर्घटना भएको हो।
दार्चुला जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थलमा प्रहरी टोली पुगेको छ। घटनामा कति जना सवार थिए, घाइतेहरुको संख्या र थप जानकारी आउन बाँकी रहेको बताइएको छ। गाडी सडकबाट निकै तल खसेकोले उद्धार कार्यमा कठिनाइ भएको छ। रातको समयमा दुर्घटना भएका कारण उद्धारमा जटिलता थपिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार मृतकहरूको पहिचान हुन सकेको छैन। प्रहरी घटनास्थलमा उपस्थित छ भने थप विवरण प्रतीक्षामा रहेको जनाइएको छ।
- Jigyasa media