काठमाडौं, मंसिर १५ ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। बालाजु प्रहरी वृत्तका अनुसार शान्ति टोल नजिकै बस र ट्रक एकआपसमा ठोक्किँदा यो दु:खद घटना भएको हो।
दुर्घटनामा केही यात्रु घाइते भएको जानकारी दिँदै प्रहरीले घाइतेको उद्दार गरिसकेको छ। उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। हाल मृतकको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूको अवस्था पनि विवरण आउन बाँकी रहेको छ।
दुर्घटनाको कारण र अन्य विस्तृत जानकारीका लागि प्रहरीको अनुसन्धान जारी छ।
सवारी सुरक्षा अपनाऔं, दुर्घटनाबाट जोगिऔं।
- Jigyasa media