कात्तिक २, २०८१ काठमाडौं ।
नेपालका विभिन्न स्थानहरूमा अवैध लागूऔषधसहित अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरी, राजविराज नगरपालिका-२, तित्री गाछीका २९ वर्षीय रोहित कुमार मण्डललाई भन्सार कार्यालय अगाडि अवैध खैरो हेरोइन जस्तो देखिने १.६५ ग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। उनी भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार थिए।
यस्तै, सुनसरीको कोशी गाउँपालिका-१, पुडी टोलस्थित सडकमा ४.२७ ग्राम हेरोइनसहित ईटहरीका ३६ वर्षीय अग्रदिप चौधरी र ३० वर्षीय नरेश चौधरीलाई पक्राउ गरिएको छ।
नेपालगंज, बाँकेको जमुनाहमा ९.८५ ग्राम ब्राउनसुगर र २० ट्याब्लेट नाइट्राजेपामसहित भारत, बहराइचका ३२ वर्षीय राजा सैयादलाई पक्राउ गरिएको छ।
धनकुटाको हिले सिरानबाट १८.५ ग्राम हेरोइनसहित धनकुटाका फुर्वा तितुङ र छितेन तामाङ पक्राउ परेका छन्।
त्यस्तै, झापाको मेचीनगरबाट २ ग्राम हेरोइनसहित २ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तनहुँको आबुखैरेनी गाउँपालिका-४, बेनिटरमा डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन जस्ता लागूऔषधसहित २२ वर्षीय तिलक पाण्डे पक्राउ परेका छन्।
धनुषाको धनौजी गाउँपालिकाबाट नाइट्राभेट र स्पास्मो ट्याब्लेटसहित २ अभियुक्तलाई पक्राउ गरिएको छ।
- Jigyasa media