काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या अभियोगमा प्रहरीले २२ वर्षीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बाराको सिम्रौनगढ नगरपालिका–७ का एमके कुमारलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार, भदौ १० गते शंखमुलस्थित साईबाबा पार्कमा रहेको लक्ष्मी बान्तवाको घरमा संचालित पुल हाउसमा रुपक बान्तवामाथि कुटपिट गरी घाइते बनाइएको थियो। राति नै उनको मृत्यु भएपछि, एमके कुमार फरार भएको आरोपमा पक्राउ परेका हुन्।
प्रहरीले घटनास्थलबाट हत्या गर्ने क्रममा प्रयोग भएको रड, मृतकको चेक, चस्मा, झोला, र लुगासहितका सामग्री बरामद गरेको छ। बानेश्वर प्रहरी वृत्तबाट यसबारे थप अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन्।
- Jigyasa media