काठमाडौँ, कात्तिक ११ – आज आइतबार देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले जनाएअनुसार, देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। अन्य भूभागहरूमा भने मौसम आंशिक बदलीदेखि सफा रहिरहने अनुमान गरिएको छ।
साँझपख पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम प्रायः सफा नै रहनेछ। महाशाखाले मौसमसम्बन्धी थप जानकारी र सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
-
Jigyasanepal