Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सभापति पौडेलको पहल: मण्डनदेउपुरका पहिरो पीडितलाई राहत वितरण

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

मण्डनदेउपुर । असोज १२ गतेको अविरल वर्षाले मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा ठूलो क्षति पुर्‍याएको छ। पहिरोबाट घरविहीन बनेका वडा नं. ११ का परिवारलाई नेपाली कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेलको पहलमा राहत वितरण गरिएको छ।

सभापति पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट ६२ बण्डल र हेल्प नेपाल नेटवर्कमार्फत ३० बण्डल जस्तापाता, साथै ६० थान त्रिपाल उपलब्ध गराएर पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका छन्।

राहत वितरणपछि पौडेलले सहयोगी संस्थाहरूलाई धन्यवाद दिंदै भने, "यो विपद् साझा चुनौती हो। विपत्तिमा सबैले एकजुट भएर सहयोग गर्नु आजको मुख्य आवश्यकता हो।"

यसअघि, पौडेलकै सक्रियतामा हिमालयन होप फाउन्डेसनले मण्डनदेउपुर–१२ का २३ पहिरो पीडित परिवारलाई ७२ बण्डल जस्तापाता र ४४५ थान फलामका पाइप प्रदान गरेको थियो।

मण्डनदेउपुरका वडा नं. ११, १२, र १० मा पहिरोले गम्भीर असर पारेको छ। ११ र १२ मा राहत सामग्री पुगिसके पनि वडा नं. १० का ४५ पीडित परिवार अझै सहयोगको प्रतीक्षामा छन्।

सभापति पौडेलले सामाजिक संघ–संस्था, व्यवसायी, र मनकारी व्यक्तिहरूलाई सहयोगको अपिल गर्दै भने, "यस्तो कठिन समयमा सबै क्षेत्रबाट सहयोग जुटाउनुपर्ने आवश्यकता छ। हामीले पहिरो प्रभावित वडाहरूलाई पूर्ण राहतको सुनिश्चितता गर्न हरेक सम्भव प्रयास जारी राख्नेछौं।"



  • Jigyasa media

थप