Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

युवा नीतिका बारेमा युवासँग परामर्श

  •   २ वर्ष अघि | २० भदौ २०८१, बिहिबार

बनेपा । बनेपा नगरपालिकामा बन्दै गरेको युवा नीतिको सन्दर्भमा कानुन संकायमा अध्ययनरत युवाहरूका बीचमा विशेष छलफल गरिएको छ। कानुन विषयमा अध्ययनरत एबीएम स्कूल, बनेपाका ४० जना विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको यो छलफलमा युवाहरूको समस्या, चाहना, र युवा नीतिमा उनीहरूको भूमिकाका बारेमा राय संकलन गरिएको छ। 


कानुनी ज्ञानको भूमिका र युवा नीति:

एकाउन्टविलिटी ल्याबले अघि बढाएको यो परामर्श कार्यक्रममा कम्युनिटी फ्रन्टलाइन एक्टिभिस्ट (CFA ) केशवराज पौडेलले कानुनी ज्ञानले भविष्यमा कस्तो भूमिका खेल्दछ भन्नेबारे विस्तृत जानकारी दिँदै, कानुन निर्माणदेखि कार्यान्वयनसम्मका चरणहरूमा युवा सहभागिता आवश्यक रहेको उल्लेख गरे। उहाँले भने, "कानुनी ज्ञानले मात्र होइन, युवा नीतिमा युवाहरूको प्रत्यक्ष सहभागिताले नीति निर्माणलाई अझ प्रभावकारी बनाउँछ तपाईहरु को सोच र आबस्यकता नीति निर्माण तहमा बस्नेले अड्कल बाजिका भरमा निर्माण गर्ने परम्परा पहिला थियो अहिले त्यो छैन तसर्थ तपाईंको विचार भावनालाई समेटेर युवा नीति बन्ने हो पौडेलले विद्यार्थीहरू संग कानुनका विविध विषयहरुमा छलफल गर्दै भने ।"


विद्यार्थीहरूको राय र सहभागीता यस्तो छ :

कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूले आफ्नो विचार व्यक्त गर्दै कानुनी संरचनामा युवाहरूको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिए। उनीहरूले युवाहरूको स्वतन्त्रता सुनिश्चित गर्न कानुनी मार्गदर्शन र नीति निर्माणमा कानुनी ज्ञानको महत्त्वबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे। 

युवाहरूको रायले यो स्पष्ट पारेको छ कि कानुनी ज्ञान बिना नीति निर्माणमा असहजता आउँछ। यसैबारे विद्यार्थीहरूले भने, "युवाहरूको सक्रिय सहभागिता बिना युवा नीति मात्र कागजमा सीमित हुनेछ।"


यो छलफलले बनेपा नगरपालिकामा बन्दै गरेको युवा नीतिमा कानुनी ज्ञानको महत्त्वलाई बलियो बनाएको छ। एबीएम स्कूलका प्रिन्सिपल राम प्रसाद तिमल्सिनाका अनुसार, यो अन्तरक्रिया युवा नीतिको निर्माणमा कानुनी पक्षलाई उजागर गर्दै, युवाहरूको भूमिका स्थापित गर्न महत्त्वपूर्ण साबित हुनेछ। 

एकाउन्टविलिटी ल्याबले अघि सारेको यो पहलले युवाहरूलाई सशक्त बनाउन र उनीहरूको विचारलाई नीति निर्माणमा समेट्न एक महत्त्वपूर्ण कदम उठाउनेमा आफू विश्वस्त रहेको तिमल्सिना बताउनुहुन्छ । परामर्श कार्यक्रममा अग्रज पत्रकार भोजराज तिमल्सिना पत्रकारहरू  रोजन तामाङ, र शुकदेव थपलियाले पनि विद्यार्थीहरूसँग गहिरो संवाद गर्दै उनीहरूको भावना र समस्याहरूलाई संवाद गरी टिपोट गरी नीति निर्माणमा युवाको प्राथमिकताको पहिचान गराउने प्रयास गरेका थिए  छलफलमा सहभागी अधिकांश विद्यार्थीको पहिलो चिन्ता  नगरको योजनामा सहभाितामूलक प्रतिनिधित्व र भविष्यको रोजगार नै थियो । 


  • Jigyasanepal

थप