काठमाडौँ — बाराको महागढीमाई नगरपालिका–१, नैकाटोलमा ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको छ। स्थानीय प्रहरीका अनुसार, यादवमाथि अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको थियो।
घटना राति करिब ८ बजे घर नजिकैको सडकमा भएको हो, जहाँ यादवलाई गर्धनमा गहिरो चोट लागेको थियो। गम्भीर अवस्थामा रहेका यादवलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने हत्यामा संलग्न व्यक्तिहरूको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
- Jigyasa media