Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत

  •   २ महिना अघि | १४ साउन २०८३, बिहिबार

काठमाडौं, साउन १४ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज राति पनि विभिन्न प्रदेशका पहाडी तथा केही तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको साँझको मौसम बुलेटिनअनुसार केही स्थानमा भारी वर्षाको समेत जोखिम रहेको जनाएको छ।

हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराईका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

यी क्षेत्रमा भारी वर्षाको जोखिम

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज राति काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण सडक चिप्लिने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षाको मापन कसरी गरिन्छ?

१० मिमीभन्दा कम : हल्का वर्षा

१०–५० मिमी : मध्यम वर्षा

५०–१०० मिमी : भारी वर्षा

१००–२०० मिमी : धेरै भारी वर्षा

२०० मिमीभन्दा बढी : अति भारी वर्षा

स्थानगत सम्भावनाको अर्थ

एक–दुई स्थान : १० प्रतिशतभन्दा कम भूभाग

थोरै स्थान : १०–३० प्रतिशत भूभाग

केही स्थान : ३०–५० प्रतिशत भूभाग

धेरै स्थान : ५०–८० प्रतिशत भूभाग

अधिकांश स्थान : ८० प्रतिशतभन्दा बढी भूभाग

जिज्ञासा नेपालको आग्रह : भारी वर्षाको सम्भावना भएका क्षेत्रमा नदी, खोल्सा र पहिरोको जोखिमयुक्त स्थानबाट टाढा रहनुहोस्। मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउँदै सुरक्षित रहन सबैमा अनुरोध छ।

  • Jigyasanepal

थप