Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

मधेस प्रदेश प्रमुख भण्डारी बर्खास्त

  •   ९ महिना अघि | २४ कार्तिक २०८२, सोमवार

मधेश । सरकारले मधेश प्रदेश सरकार प्रमुख सुमीत्रा भण्डारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्दै सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्ने निर्णय गरेको हो।  

अब सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख‍मा कर्णलाई नियुक्त गर्नेछन्।  

भण्डारीले सोमबार बिहानै झिसमिसेमै मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्रीको दाबीको लागि आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। 

उनको यादवलाई ठूलो दलको हैसियतमा नियुक्ति गरेको बताएकी छन्।  

उनको नियुक्ति र प्रक्रियालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ। नेपाली कांग्रेससहित ७ दलले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड गर्दै ताला लगाएका छन्। 

सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ। रिटमा मुख्यमन्त्री नियुक्ति बदरको माग गरिएको छ।  

  • Jigyasanepal

थप