Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

लाकोजू र गुरुङ सम्मानित, 'हस्ताक्षर संवाद' पुस्तक लोकार्पण

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

मङपु, दार्जलिङ ।

दार्जलिङको सुन्दर स्थान मङपुमा साहित्यकार सुभद्रा बमजनको 'हस्ताक्षर संवाद' नामक पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको छ। सो पुस्तकमा नेपाल र भारतका गरी ३१ जना स्रष्टाहरूका अन्तर्वार्ताहरू समावेश गरिएका छन्। कार्यक्रमका प्रमुख अतिथि दिलकुमारी भण्डारीसहित सुभद्रा बमजन, सूर्य लाकोजू, अजम प्रधान, र बिमला प्रधान जोशीले पुस्तक लोकार्पण गरे।


यस अवसरमा साहित्यकार सूर्यप्रसाद लाकोजू र सिम्रन गुरुङलाई छिमेकी राष्ट्र भारतमा सम्मान प्रदान गरियो। सावली प्रकाशनले नगदसहित लाकोजूलाई 'भारत नेपाल हस्ताक्षर सेतु सम्मान' र गुरुङलाई 'बिनोद स्याङ्देन स्मृति सम्मान' प्रदान गरेको हो। प्रमुख अतिथि दिलकुमारी भण्डारी र सावली प्रकाशनकी अध्यक्ष सुभद्रा बमजनले उनीहरूलाई नगदसहित सम्मान अर्पण गरे।


कार्यक्रममा दिलकुमारी भण्डारीले नेपाली भाषाको सौन्दर्य र भारतमा प्राप्त सम्मानको चर्चा गरिन्। लाकोजूले आफ्नो सम्बोधनमा साहित्यलाई समाजमा सकारात्मक चेतना फैलाउने साधनका रूपमा वर्णन गरे भने सुभद्रा बमजनले साहित्यले समाजलाई एकतामा बाँध्ने काम गरेको विचार व्यक्त गरे।


साहित्यकार सूर्यप्रसाद लाकोजू नेपाली साहित्यका विविध विधामा सक्रिय छन्। कविता, निबन्ध, हाइकु, नियात्रा, र अनुवाद विधामा करिब तीन दर्जनभन्दा बढी कृतिहरू उनले प्रकाशित गरेका छन् र साहित्यिक पत्रकारितामा समेत योगदान पुर्‍याउँदै आएका छन्। यस योगदानका लागि उनलाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा नेपालबाट ध्रुवकृष्ण ताम्राकार र पूर्ण श्रेष्ठ हृदयङ्कृत अतिथिको रूपमा सहभागी थिए, जसलाई दोसल्ला र सम्मान चिन्ह प्रदान गरिएको थियो।


  • Jigyasa media

थप