Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाको निधन, अधुरो सगरमाथा यात्रा-अधुरो सपना.!

  •   १ वर्ष अघि | २५ बैशाख २०८२, बिहिबार

शुकदेव थपलिया काभ्रे, वैशाख २५, २०८२ –  साहित्यिक अभियानका अग्रदूत, हिमाल आरोही, र 'मेची–महाकाली साहित्यिक दौड' का प्रणेता लक्ष्मण सापकोटाको आज बिहान दुःखद निधन भएको छ। साहित्य, साहसिकता, र सामाजिक चेतनाको संगम बनेका सापकोटाको जीवन यात्रा आजबाट अपुरै रहेको छ। 


सापकोटाले सन् २०७६ मा 'नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड' सम्पन्न गर्दै करिब ५०० किलोमिटरको यात्रा दौडिएरै पार गरेका थिए, जसले नेपाली साहित्यमा नयाँ आयाम थपेको थियो। त्यसअघि, २०७३ मा 'मेची–महाकाली साहित्यिक दौड' सम्पन्न गर्दै उनले साहित्यिक चेतनाको ज्योति देशभरि फैलाएका थिए।  

सापकोटाले केही दिनअघि मात्र पनौती, शंखुमा ' जिज्ञासा नेपालको एक  अप्रकाशीत अन्तरवार्ताको क्रममा सगरमाथाको अधुरो यात्रा पूरा गर्ने र काभ्रेली साहित्यिक यात्रामा नयाँ उचाइ ल्याउने दृढता व्यक्त गरेका थिए। उनका शब्दहरू थिए: "मेरा पाइला भागेका होइनन्।" 

सापकोटाले २०७४ सालमा इम्जात्से र मेरापिक हिमाल आरोहण गरेका थिए। त्यस वर्ष, उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए, तर स्वास्थ्य समस्याका कारण ५,२०० मिटर उचाइबाट फर्कनुपरेको थियो। उनले भनेका थिए, "आफ्नो अभियानबाट विचलित हुने स्वभाव ममा छैन, देश र जन्मभूमिको ताम राखेरै छोड्नेछु।" उनको अन्तिम भावना थियो ।


सापकोटाको निधनले नेपाली साहित्यिक र साहसिक क्षेत्रले एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ। उनको अधुरो सगरमाथा यात्रा र अधुरो सपना नेपाली साहित्यिक समाजका लागि एक चुनौती र प्रेरणा बनेर रहनेछ। 

नेपाली साहित्य यतिबेला फेरि एक पटक शोकमा डुबेको छ । साहित्यिकारहरु भन्छन् हामी सबैले सापकोटाको योगदानलाई सम्झनु र उनका अधुरा सपनाहरूलाई पूरा गर्ने दिशामा अघि बढ्नु हाम्रो कर्तव्य हुनेछ।

भावपूर्ण श्रद्धाञ्जली लक्ष्मण सापकोटा, हार्दिक समवेदना परिवारजनमा ।

  • Jigyasanepal

थप