Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाको निधन, अधुरो सगरमाथा यात्रा-अधुरो सपना.!

  •   १ वर्ष अघि | २५ बैशाख २०८२, बिहिबार

शुकदेव थपलिया काभ्रे, वैशाख २५, २०८२ –  साहित्यिक अभियानका अग्रदूत, हिमाल आरोही, र 'मेची–महाकाली साहित्यिक दौड' का प्रणेता लक्ष्मण सापकोटाको आज बिहान दुःखद निधन भएको छ। साहित्य, साहसिकता, र सामाजिक चेतनाको संगम बनेका सापकोटाको जीवन यात्रा आजबाट अपुरै रहेको छ। 


सापकोटाले सन् २०७६ मा 'नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड' सम्पन्न गर्दै करिब ५०० किलोमिटरको यात्रा दौडिएरै पार गरेका थिए, जसले नेपाली साहित्यमा नयाँ आयाम थपेको थियो। त्यसअघि, २०७३ मा 'मेची–महाकाली साहित्यिक दौड' सम्पन्न गर्दै उनले साहित्यिक चेतनाको ज्योति देशभरि फैलाएका थिए।  

सापकोटाले केही दिनअघि मात्र पनौती, शंखुमा ' जिज्ञासा नेपालको एक  अप्रकाशीत अन्तरवार्ताको क्रममा सगरमाथाको अधुरो यात्रा पूरा गर्ने र काभ्रेली साहित्यिक यात्रामा नयाँ उचाइ ल्याउने दृढता व्यक्त गरेका थिए। उनका शब्दहरू थिए: "मेरा पाइला भागेका होइनन्।" 

सापकोटाले २०७४ सालमा इम्जात्से र मेरापिक हिमाल आरोहण गरेका थिए। त्यस वर्ष, उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए, तर स्वास्थ्य समस्याका कारण ५,२०० मिटर उचाइबाट फर्कनुपरेको थियो। उनले भनेका थिए, "आफ्नो अभियानबाट विचलित हुने स्वभाव ममा छैन, देश र जन्मभूमिको ताम राखेरै छोड्नेछु।" उनको अन्तिम भावना थियो ।


सापकोटाको निधनले नेपाली साहित्यिक र साहसिक क्षेत्रले एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ। उनको अधुरो सगरमाथा यात्रा र अधुरो सपना नेपाली साहित्यिक समाजका लागि एक चुनौती र प्रेरणा बनेर रहनेछ। 

नेपाली साहित्य यतिबेला फेरि एक पटक शोकमा डुबेको छ । साहित्यिकारहरु भन्छन् हामी सबैले सापकोटाको योगदानलाई सम्झनु र उनका अधुरा सपनाहरूलाई पूरा गर्ने दिशामा अघि बढ्नु हाम्रो कर्तव्य हुनेछ।

भावपूर्ण श्रद्धाञ्जली लक्ष्मण सापकोटा, हार्दिक समवेदना परिवारजनमा ।

  • Jigyasanepal

थप