Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

दार्चुला कला साहित्य र किशनसिंह धामी व्यक्ति र कृति लोकार्पित

  •   ११ महिना अघि | १३ मंसिर २०८२, शनिबार

काठमाडौं। 

दार्चुला कला साहित्य र किशनसिंह धामी व्यक्ति र कृति दुई कृतिको लोकार्पण सम्पन्न भएको छ । 

नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा उक्त कृतिहरु वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा,डा.तारा निरौला,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा खगेन्द्र लुइँटेल,किसनसिंह धामी,पवन आलोक,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,प्रमोद प्रधान,प्रा.डा.भरतकुमार भट्टराई,ज्ञानु अधिकारी कृतिकार नेत्रप्रसाद फुयल, लगायतले उक्त कृति लोकार्पित गरे।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले नेपाली भाषा,साहित्यमा गतिविधिहरु निरन्तर भैरहनुपर्नेमा जोड दिए ।उनले किशनसिंह धामीले डायस्पोरामा बसेर नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्नामा गरेको कार्यको प्रशंसा पनि गरे ।

कार्यक्रममा लोकार्पित कृतिहरुमाथि वरिष्ठ समालोचक प्रधान र प्रा.डा.भट्टराईले परिचर्चा गरे । 

कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा धामीको योगदानको चर्चा गरे । 

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा स्वागत मन्तव्य समाजका महासचिव प्रकाश घायलले राखेको उक्त कार्यक्रमको सञ्चालन सदस्य प्रदीप सापकोटाले गरेका थिए ।

कार्यक्रम औपचारिक रुपमा सुरु हुनुअघि सुदुर पश्चिम नेपालको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

  • Jigyasanepal

थप