Breaking News
विराटको अविजित ७५ रनमा ब्यांग्लोर च्याम्पियन, लगातार दोस्रोपटक आईपीएल उपाधि कब्जा    ||     मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||    

अम्बा बेचेर तिहार खर्च जुटाउँदै विपन्न महिलाहरू

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

गुल्मी – चाडपर्वको रौनक सुरु हुनेबित्तिकै गुल्मीका ग्रामीण महिलाहरू अम्बा बेच्न सदरमुकाम तम्घास आउने गरेका छन्। खासगरी आर्थिक अवस्था कमजोर रहेका इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका महिलाहरूले आफ्नो दैनिक खर्च धान्न टाउकामा नाम्लो र पिठ्युमा डोको भरि अम्बा बोकेर बिहानैदेखि बजार धाउने गरेका हुन्। उनीहरू पैदलै हिँडेर सदरमुकाम आउने गर्छन्, जसबाट गाडीभाडा बचाउन सक्छन्।

सदरमुकाममा अम्बाको बिक्रीबाट उनीहरूले दैनिक ५०० देखि ८०० रुपैयाँ आम्दानी गर्ने गरेका छन्। अम्बा बिक्रीबाट कमाएको पैसाले उनीहरूले नुन, तेल, चिनी जस्ता आवश्यक सामग्री किन्न सक्ने भएकाले, चाडपर्वको खर्च व्यवस्थापनमा थोरै भए पनि सहयोग पुग्छ। राधिका मुखियाका अनुसार, अम्बाको एक दाना २ देखि ३ रुपैयाँमा बिक्री हुने भएकाले केही आम्दानी जुटाउन सकिन्छ।

गाउँमा प्रशस्त मात्रामा पाइने अम्बा सामान्यतः खेर जाने गरेको छ। तर, बजारमा यसको माग हुने भएकाले यसलाई बिक्री गरेर आय आर्जन गर्न ग्रामीण महिलाहरू प्रेरित भएका छन्। घरको आर्थिक बोझ र चाडपर्वको खर्च व्यवस्थापन गर्नका लागि उनीहरूले अम्बा बेच्ने परिश्रम गरिरहेका छन्, जसले उनीहरूको दैनिक जीवनयापनमा केही सहजता ल्याएको छ।


  • RSS

थप