Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

धामि झाँक्री हेर्न आएका राइको सामुहिक कुटपिट बाट मृत्यु

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

पाँचथर । जिल्ला को फिदिम नगरपालिका १४ मा बिहिबार राति ९ ३० बजे धामि झाँक्री हेर्न आएका १४ वडा का ३७ बर्षिया दिनेश कुमार राई को सामुहिक कुटपिट बाट मृत्यु भएको छ।

 सोहि समयमा सामूहिक रूपमा कुटपिट गर्दा दिनेश घाइते भएका थिए।


 धनकुमार राईको घरमा बिहीबार राति (धामी झाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरू बिच कुटाकुट हुँदा घाइते भएका फिदिम १४ निवासी ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


बिहीबार साँझ साढे नौ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका दिनेश सहित २८ वर्षिय पर्शुराम राई , २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा समेत लाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेको जनाएको छ।


कुटपिटका कारण सख्त घाइते राईलाई उपचारका लागि तत्काल पाँचथर जिल्ला अस्पतालमा ल्याइएको थियो । उनलाई शुक्रवार बिहान चार बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले जनाका छन ।


उनका अनुसार घाइते भएका मध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम,र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।


उनीहरू बिच झगडाको कारण खुल्न सकेको छैन भने कुटपिटमा संलग्न युवाहरू फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • Reporter

थप