Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरे

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत खसेको छ।

मत विभाजन प्रक्रियामा २ जना सांसद अनुपस्थित थिए, र ८३ जना सांसदले मतदानमा भाग लिएका थिए।

मुख्यमन्त्री कार्कीले यसअघि माओवादी केन्द्रको समर्थनमा सरकार गठन गरेका थिए। तर, भदौ १४ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिनुपरेको थियो।

केन्द्रमा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनेपछि प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको थियो, र हाल केन्द्रको जस्तै एमाले-कांग्रेसको गठबन्धनले प्रदेशमा सरकार सञ्चालन गरिरहेको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरी ६९ सांसद छन्। माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४, र जसपा नेपालका १ सांसद प्रदेश सभामा रहेका छन्।


  • Jigyasa media

थप