Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

देशभर दश जनामा हैजा सङ्क्रमण पुष्टि

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

काठमाडौं ।स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए।


उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, "हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।"


हैजा 'भिब्रियो कोलेरी' प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अत्यन्तै सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, "हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ।"


हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन्। हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन्। डा. पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ। कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुनु, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ।


डा. पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्। पहिलो सुरक्षित पानी, दोस्रो व्यक्तिगत सरसफाइ, र तेस्रो अनुगमन। उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउँछन्। "हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ। धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्," उनले भने, "किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ। विद्यालयदेखि लिएर कार्यालयसम्म र सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ। कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन्, जसले गर्दा हैजाको संक्रमण फैलिन्छ।"।  

हैजा रोग 'भिब्रियो कोलेरी' प्रजातिको जीवाणुबाट लाग्ने अत्यन्तै सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। यो रोग मुख्यतः दूषित पानी वा खाना सेवनका कारण फैलिन्छ। हैजा विशेष गरी खराब सरसफाइ र स्वच्छ खानेपानीको अभाव भएको क्षेत्रमा बढी फैलिन्छ।


हैजाका लक्षणहरू

1. **पातलो दिसा:** चौलानी पानी जस्तो दिसा लाग्ने।

2. **वाकवाकी र बान्ता:** खाना खान मन नलाग्ने र वाकवाकी लाग्ने।

3. **जलवियोजन:** शरीरमा पानीको कमी हुनु। यो अत्यधिक गम्भीर अवस्थामा पुगी, आँखा गाडिने, मुख सुक्खा हुने, छाला सुक्खा हुने, रगतचाप कम हुने र पिसाब कम हुनेजस्ता लक्षण देखिन्छ।

4. **तीव्र तिर्खा:** अत्यधिक तिर्खा लाग्ने।


 संक्रमणको अवधि

हैजा सङ्क्रमण भएको एक दिनदेखि पाँच दिनसम्म लक्षण देखा पर्छन्। यदि समयमै उपचार भएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्छ।


रोकथाम र नियन्त्रण

1. **सुरक्षित पानीको प्रयोग:** पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु।

2. **व्यक्तिगत सरसफाइ:** नियमित रुपमा हात धुने, खाना पकाउनु अघि र पछि हात धुने।

3. **सफा खानेपानी:** प्रशोधित पानी मात्र सेवन गर्ने, बजारमा पाइने पानीको गुणस्तरमा ध्यान दिने।

4. **स्वास्थ्य सेवा:** लक्षण देखा परेमा तत्काल स्वास्थ्य केन्द्रमा जाने र उचित उपचार लिने।


 उपचार

हैजा भएको व्यक्तिलाई तुरुन्तै उपचार आवश्यक हुन्छ। उपचारमा मुख्यतः जलवियोजन रोक्नको लागि ओआरएस (Oral Rehydration Solution) दिनु आवश्यक हुन्छ। गम्भीर अवस्थामा रिंगर लेक्टेट जस्ता आइभी फ्लुइड दिनु पर्छ। 


 महत्त्वपूर्ण सुझावहरू

- **खानेपानीको स्रोतको निगरानी:** इनार, धारो, जार, र बोतलको पानीमा विशेष ध्यान दिने।

- **सार्वजनिक स्थलहरूको सरसफाइ:** विद्यालय, कार्यालय, र अन्य सार्वजनिक स्थानहरूको सरसफाइमा ध्यान दिने।

- **जनचेतना कार्यक्रम:** हैजाको बारेमा जानकारी दिने र रोकथामका उपायहरूबारे जनचेतना फैलाउने।

  • Jigyasa media

थप