Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

देशभर २० जनामा हैजा पुष्टि, सचेत रहन आग्रह

  •   २ वर्ष अघि | १६ साउन २०८१, बुधबार

काठमाडौं, साउन १६ । - हालसम्म देशभर २० जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा देखिएको जानकारी दिएका छन्।

डा. बुढाथोकीले सहरी क्षेत्रमा बढ्दो जनसंख्या, सुरक्षित खानेपानीको अभाव, र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी र सरसफाइका पूर्वाधारमा नकारात्मक असर पार्ने भएकाले नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए।

हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने रहेको छ। गम्भीर अवस्थामा पुग्दा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने जानकारी प्रवक्ता बुढाथोकीले दिए।

‘हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ। सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिशामा १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ। लक्षण देखिएकामध्ये ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ भने २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्,’ उनले भने।


मन्त्रालयले झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र पिउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन सबैमा अनुरोध गरेको छ।


#हैजा #स्वास्थ्य #सरसफाइ #सावधानी

  • Jigyasa media

थप