Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

  •   २ वर्ष अघि | २८ साउन २०८१, सोमवार

काठमाडौँ— गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन्। रेसुंगा नगरपालिका वडा नम्बर ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवारले आइतबार साँझ रेसुंगा सामुदायिक वनबाट ल्याएको विषालु च्याउ खाएपछि बिरामी परेका हुन्।

बिरामी पर्नेमा ६५ वर्षीय टोमबहादुर थापा, उनकी श्रीमती ६२ वर्षीय दिलकुमारी श्रीश, छोरा २९ वर्षीय विकास थापा, नातिनीहरू १० वर्षीया दिपदिका थापा र १२ वर्षीया विनीषा थापा, छोरीहरू ४२ वर्षीया सिर्जना काउछा र ३९ वर्षीया गीता थापा रहेका छन्।

प्रहरीले दिएको जानकारी अनुसार, च्याउ खाएपछि उनीहरू रातीदेखि नै बिरामी पर्न थालेका थिए। बिरामीलाई गुल्मी जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा पठाइएको छ। 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र स्थानीय बासिन्दालाई जंगली च्याउ खान नपरोस् भनेर सावधान गराएको छ।

  • Jigyasa media

थप