Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम

  •   ५ महिना अघि | १० जेष्ठ २०८३, आइतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा बढी वर्षा संखुवासभामा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभामा १६९ मिलिमिटर वर्षा भएको हो, जसले बाढी र पहिरोको जोखिम अत्यधिक बढाएको छ।

मौसमविद्का अनुसार १०० मिलिमिटरभन्दा बढी वर्षा भएपछि बाढी, पहिरो र डुबानको खतरा उच्च हुने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। संखुवासभामा एक घण्टामै १५ दशमलव ६ मिलिमिटर, तीन घण्टामा ७१ दशमलव ४, छ घण्टामा ८५ र १२ घण्टामा १३९ मिलिमिटर वर्षा मापन गरिएको छ। छोटो अवधिमा भएको यो अत्यधिक वर्षाले नदी, खोलामा बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम थपिएको मौसमविद्ले बताएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा धादिङ र चितवनमा पनि ४३/४३ मिलिमिटर वर्षा भएको छ। गएराति मकवानपुर, रौतहट, सिन्धुली र संखुवासभाका विभिन्न क्षेत्रमा लगातार पानी परेको थियो।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ। यही प्रणालीका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ।

मौसमविद्ले विशेषगरी नदी किनार, पहिरोको जोखिमयुक्त बस्ती तथा पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यधिक वर्षाका कारण सडक अवरुद्ध, खेतीयोग्य जमिनमा क्षति तथा जनजीवन प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको छ।

  • Jigyasanepal

थप