Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

चलचित्र 'पूर्णबहादुरको सारङ्गी' माथि चोरीको आरोप : लेखक डा. शिव शंकर बस्यालको असन्तुष्टि

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाडौं – हाल चर्चामा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुर’को सारङ्गी को कथासँग आफ्नो उपन्यास संग्रामपुर को थिम मिलेको भन्दै लेखक डा. शिव शंकर बस्यालले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन्। बस्यालले चलचित्रको कथामा आफ्नो उपन्यासका १० दृश्य, लाज फिल्मका थिमहरू, र ‘रेलै घुमेर’ गीतको प्लटसमेत मिलेको दाबी गर्दै आक्रोश व्यक्त गरेका छन्।

उक्त विषयमा बस्यालले लेखेका छन्, “तस्कर र भ्रष्टाचारीहरू जाग्ने यो मुलुकमा कला साहित्यको चिरहरण हुनु कुनै नौलो कुरा होइन। पौडेल भाइ ! अब त बोल !!!”

बस्यालले अझै पनि चलचित्र ‘पूर्णबहादुर’ को यो कथालाई राज्यले चोरी मान्ने कि आफ्नो सगोत्री मानेर संरक्षण दिने भन्ने विषयमा प्रतीक्षा रहेको बताएका छन्। साथै, उनले ‘चाँदनीचोक’ को चोरबजारमा आँसुको व्यापार भइरहेको आरोप लगाउँदै आफ्नो असन्तुष्टि स्पष्ट पारेकाछन्।


  • Jigyasa media

थप