काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले ऐतिहासिक गोता मारेको छ। एकैदिन प्रतितोला ३७ सय रुपैयाँले घट्दा सुन बजारमा हलचल मच्चिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन आइतबार यो मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ थियो।
सुनको मूल्यमा यति ठूलो गिरावट पछिल्लो केही सातायता पहिलो पटक देखिएको हो। लगातार उकालो लागेको सुनको मूल्य अचानक ओरालो लाग्दा व्यापारीदेखि उपभोक्तासम्म अचम्ममा परेका छन्।
यस्तै, चाँदी पनि आज १९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।
आर्थिक विश्लेषकहरू भन्छन्— अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, डलरको दर र फेडरल रिजर्भको नीतिगत घोषणाले नेपाली बजारमा समेत प्रत्यक्ष असर पारेको हो। साथै मागमा आएको अस्थायी गिरावटले पनि सुनको मूल्यमा यस्तो भारी घटबढ ल्याएको हुनसक्ने अनुमान गरिएको छ।
सुन–चाँदीजस्तो सुरक्षित लगानीमा यति ठूला उतारचढाव आउनुले बजारको मनोविज्ञानमा समेत प्रभाव पारेको छ।
-
Jigyasanepal