Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सेयर बजार ओरालो: नीति 'अनुकूल', मनोबल 'न्यून' – किन चल्दैन बजार?

  •   १ वर्ष अघि | १२ जेष्ठ २०८२, सोमवार

काठमाडौं, जेठ १२।नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीति ल्याएर जोखिमभार घटाए पनि बजारको दिशा फेरिन सकेन। सोमबार नेप्से परिसूचक ५.२१ अंक घटेर २६७४ मा झर्‍यो। साता सुरुआतमै देखिएको यो ओरालोले लगानीकर्ताको मनस्थितिमा अझै अन्यौलता गहिरिएको देखिन्छ।

केही दिनअघि मात्रै मौद्रिक नीतिको समीक्षामार्फत सेयर कर्जामा लगाइएको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको थियो। यो निर्णयले बजारलाई राहत दिने अपेक्षा गरिएको थियो। तर, लगानीकर्ताको भरोसा अझै बनेको छैन।

बजेटको पूर्वसन्ध्या र करको छायाँ
नजिकिँदै गरेको बजेट भाषणले लगानीकर्तालाई पूँजीगत लाभकरका सम्भावित वृद्धि तर्फ सशंकित बनाएको छ। 'कर बढ्ने हो कि?' भन्ने मनस्थितिले किनबेचभन्दा कुर्नेतर्फ लगानीकर्ता मोडिएका छन्। परिणामतः बजारमा उत्साहको सट्टा सतर्कता देखिएको छ।

घट्यो कारोबार, सीमित समूहमा मात्र हरियाली
सोमबार कारोबार रकम पनि थोरै घटेको देखिन्छ। अघिल्लो दिन ७ अर्ब ६० करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ५८ करोडमै सिमित रह्यो। ९२ कम्पनीको मूल्यमा वृद्धि भए पनि १५५ कम्पनीको मूल्य घट्यो।

बैंकिङ (०.१७%) र उत्पादन तथा प्रशोधन समूह (०.७९%) बाहेक बाँकी सबै सूचक ऋणात्मक रहे। विशेषगरी माइक्रोफाइनान्स (१.५०%), होटल तथा पर्यटन (०.९१%), विकास बैंक (०.२७%) जस्ता समूहमा उल्लेख्य गिरावट आयो।

उत्थान र पतन: कसले चम्कियो, कसले चिप्लियो?
ओम मेगाश्री फर्मास्युटिकल्सले १० प्रतिशतले मूल्य बढाएर शीर्ष स्थान ओगट्यो। उपकार लघुवित्त (+६.१९%) र उन्नति सहकार्य लघुवित्त (+४.३१%) पनि सकारात्मक देखिए।
तर अर्कातर्फ, गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घट्यो भने बाराही हाइड्रोपावर (-९.८५%) र अभियान लघुवित्त (-३.९२%) पनि तीव्र गिरावटमा परे।

अग्रपङ्तिमा रहेका कम्पनीहरू:
कारोबार रकमको आधारमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, कुमारी बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि देखिए।

नीति राहतदायी हुन सक्छ, तर बजारमा भरोसा बनाउने चाहिँ गहिरो मनोविज्ञान हो। राज्यका नीति स्पष्ट, पारदर्शी र दीर्घकालीन भरोसापूर्ण नभएसम्म, 'सेयर' शब्दको साथमा 'जोखिम' शब्द टाँसिइरहनेछ।

  • Jigyasanepal

थप