Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सेयर बजार उकालो लाग्दा पनि कारोबारको गति अडिएन

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

काठमाडौं, जेठ ६ – मंगलबार नेपाली सेयर बजारमा नेप्से परिसूचक ४९.०९ अंकले उकालो लाग्दै २६७७.४५ विन्दुमा पुगेको छ। यद्यपि, सूचकले गति लिए पनि कुल कारोबार भने अघिल्लो दिनकै जस्तो स्थिर देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुल कारोबार रकम ७ अर्ब ३१ करोड रुपैयाँमा सीमित रह्यो। १ करोड ६८ लाख कित्ता सेयर किनबेच भएको छ। सोमबार पनि सूचक १९ अंकले उकालो लाग्दा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कुन कम्पनीका सेयर चम्किए?

आज सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताका अनुहार खुसीले झुल्किए, किनभने दुबै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। सिन्धुको सेयर मूल्य प्रतिकित्ता ७९.६३ रुपैयाँले र सप्तकोशीको ७८.७० रुपैयाँले उकालो लाग्यो।

त्यस्तै, ओम मेगाश्री फर्म्यास्युटिकल्स (९.९९%), ग्रिन डेभलपमेन्ट बैंक (९.९७%) र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन (९.९७%) को सेयर मूल्य पनि उच्च दरमा बढेको छ।

गिरावट सिमित, कारोबारमा जलविद्युत् अगाडि

आज बजारमा उल्लेखनीय गिरावट भने देखिएन। विन नेपाल लघुवित्तको सेयर ३.०९ प्रतिशतले घट्दै दिनकै उच्च गिरावट भएको सेयरको रूपमा दरिएको छ।

कारोबारको हिसाबले राधी जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस्तै, ङादी ग्रुप पावर (३६ करोड), युनिभर्सल पावर कम्पनी (३१ करोड), सानिमा माई हाइड्रोपावर (३० करोड) र सोल्टी होटल (२९ करोड) को कारोबार पनि उल्लेख्य रह्यो।

बजारको संकेत हरियो

आज सेयर बजारका सबै उपसूचकहरू हरियो रंगमा देखिएका छन्, जसले समग्र बजारको सकारात्मक धारणा प्रतिबिम्बित गर्छ।


  • Jigyasanepal

थप