Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

मूल्य घटेर आज सुन तोलाको एक लाख ८१ हजार आठसय रुपैयाँमा झरेको छ

  •   १ वर्ष अघि | १ जेष्ठ २०८२, बिहिबार

जेठ १, २०८२ बिहिबार  काठमाडौँ । हिजो तोलाको पाँचसय रुपैयाँ मात्रै बढेको सुनको मूल्यमा आज व्यापक मात्रामा गिरावट आएको छ। सुनको मूल्य आज प्रतितोला तीन हजार पाँचसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुन तोलाको एक लाख ८१ हजार आठसय रुपैयाँमा झरेको छ। 

विगत चार दिनदेखि घट्दै आएको सुनको मूल्य हिजो (बुधबार) प्रतितोला पाँचसय रुपैयाँ बढेर एक लाख ८५ हजार तीनसय रुपैयाँ कायम भएको थियो। यसअघि गएकाे शुक्रबारदेखि मंगलबारसम्म सुनकाे मूल्यमा निरन्तर गिरावट आएकाे थियाे।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएकाे छ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय २५रुपैयाँमा किनबेच भइरहेको छ। 

  • Jigyasanepal

थप