Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सुनको भाउमा रेकर्ड गिरावटपछि आज स्थिरता, ९ दिनमै १४ हजार ४ सयले घट्यो मूल्य!

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं, वैशाख १९ — नौ दिनअघि इतिहासकै उच्च बिन्दु छुने सुनको मूल्य एकाएक ओरालो लाग्दै हिजो मात्रै ४६ सय रुपैयाँले घटेको थियो। यस्तो झडपपछिको आजको अवस्था कस्तो छ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर छ।

आजको दर अनुसार छापावाला सुन प्रतितोला

रु. १,८३,५०० मा कारोबार भइरहेको छ, जुन हिजोकै दर हो।

गत बिहीबार मात्र प्रतितोला ४,६०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार पनि ७०० रुपैयाँले घटेको थियो।

गएको सोमबार सुन १,४०० रुपैयाँ घटेको थियो भने मंगलबार केही राहत दिँदै ५०० रुपैयाँले बढेको थियो।

तर, वैशाख ९ गते एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको सुन अब केवल ९ दिनमै १४ हजार ४ सय रुपैयाँले घटिसकेको छ। यस्तो मूल्य घटबढले बजारमा चर्को चर्चा चलिरहेको छ।

चाँदीको भाउमा भने आज हल्का उकालो सुन स्थिर भए पनि चाँदीको मूल्य भने आज थोरै बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १,९३० रुपैयाँ मा कारोबार भइरहेको छ।

विश्लेषक भन्छन्: सुनको मूल्यमा आएको यस्तो तीव्र गिरावट पछाडिको कारण अन्तर्राष्ट्रिय बजारमा आएको दबाव, डलर दरमा घटबढ र स्थानीय मागमा आएको कमी रहेको हुनसक्छ।

  • Jigyasanepal

थप